अखिल नेपाल महिला संघ पनौतीको तिज विशेष कार्यक्रम
अखिल नेपाल महिला संघ पनौतीले तिज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै संविधानसभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य रामहरी सुवेदी, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य डा.अम्बुभवानी कार्की, रमेश पौडेल, बनेपा नगरपालिका उप–प्रमुख एवं अखिल नेपाल महिला संघ काभ्रे जिल्ला कमिटी अध्यक्ष बिमला सापकोटा, नेकपा एमाले जिल्ला कमिटी सदस्य रोशन श्रेष्ठ, सुदर्शन हुमागाँई, शोभाराज भण्डारी, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायत, पनौती नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उनीहरुले हिन्दु नारीहरुको महान पर्व तिजलाई संस्कार र संस्कृतिसँग जोड्दै सभ्य र भव्य बनाउनुपर्नेमा जोड दिएका छन । अनेम संघ पनौती नगर कमिटी अध्यक्ष शिला कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव चण्डेश्वरी मुनाकर्मीले गरेकी थिइन् ।
तिज विशेष कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण श्रेष्ठ, काभ्रे जिल्ला उपाध्यक्ष मन्दिरा केसी लगायत गायक गायिकाले तिज गितमा छमछमी नचाएका थिए ।