ममताको शव खोज्न भर्जिनियाको एक उद्यान अस्थायी रुपमा बन्द
अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट बेपत्ता भएकी २८ बर्षिया स्वास्थ्य परिचारिका (नर्स)ममता काफ्लेको शव खोज्न मनासस पार्क प्रहरीले अगस्ट ३० का दिन भर्जिनियाको एक उद्यान (सिग्नल हिल पार्क) अस्थायी रुपमा बन्द गरेको छ।
ममताको शव खोज्न मनसास पार्कको सिग्नल हिल पार्क बन्द गरेको फक्सन्यूज ५ ले जनाएको छ । नेपाली समुदायको साथै ममताको समर्थनको लागि अन्य समुदाय सदस्यहरु पनि त्यहाँ पुगेका थिए ।
नरेश भट्टको अदालतको कागजातमा नयाँ तस्बिर प्रमाणले मनासस पार्कको घरबाट रगतको दाग जस्तो देखिएको फक्सन्यूज ५ ले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
प्रहरीका अनुसार २८ वर्षीया ममता अन्तिम पटक जुलाई ३१ मा युवीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् । श्रीमती बेपत्ता भएपछि शव लुकाएको अभियोगमा नरेश भट्ट अहिले कारागारमा छन् ।
गत बिहिबार अगस्ट २९ ,बिहिबारका दिन नरेश भट्टको प्रारम्भिक सुनुवाई अस्विकार गरिएको थियो । न्यायधिशले उक्त मुद्दा अब निर्णायक मण्डलले हेर्ने भन्दै निर्णय सुनाएका थिए ।
गत सोमबार उनलाई धरौटीमा रिहा हुन भट्टका वकिलले राखेको निवेदनलाई अस्विकार गरेका थिए । नरेश भट्ट गत सोमबार मनसासको प्रिन्स विलियम काउन्टीको जिल्ला अदालतमा हाजिर भएका थिए । बिहिबार पनि उनलाई कारागारमै रहन आदेश दिइएको छ ।