साउदीमा गायक टंक बुढाथोकीको धमाका, पारिवारिक समाजको अध्यक्षमा थपलिया चयन

बिष्णु घिमिरे,साउदी
पारिवारिक समाज साउदी अरेबियाले सातौं बार्षिकोत्सव तथा दोस्रो अधिबेशन सम्पन्न गरेको छ ।

कार्यक्रम पानसमा बत्ती बालेर सुरु गरेसँगै राष्ट्रिय गानबाट सुचारु गरिएको थियो भने आयोजकले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत मन्तव्यसहित समाजको महत्व र उदेश्य बारे जानकारी दिदै हरितालिका तीजको शुभकामना सहित तीजको महत्व बारे प्रस्ट पारेको थियो। साथै समाजले कोषबाट गरेको कार्यको बारेमा प्रष्ट पारेको थियो ।

अध्यक्ष अमृत पौडेलले संस्था बिस्तार गर्नुको उदेश्य, संस्थाले गरेको सहयोग, दुताबास तथा समुदायमा सहकार्य, संस्थाको भाबि अडान र उदेश्यको बारेमा जानकारी दिए भने साउदीमा रहेका परिवारलाई नेपालमै रहेको जस्तो आभास दिलाउने अभिप्रायले नेपालमा मनाइने धर्म ,चाड पर्व , संस्कृतीको जगेर्ना गर्ने उद्देश्यका साथ पारिवारिक समाजले हरेक बर्ष तिज बिशेश कार्यक्रम गर्दै आइरहेको बताए। साथै संस्थालाई माया गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा थप सहकार्य गदै जाने र नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको कामना गरेका थिए । बाँकी दुताबास लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले संस्थाले गरेको कार्यको प्रशंसा गदै थप सफलताको शुभकामना व्यक्त गरेका थिए।

अधिबेशनबाट नयाँ कार्यसमितिमा संस्थाका महासचिव जितेन्द्र थपलिया सर्बसहमतमा अध्यक्ष चयन भएका छ्न । बरिष्ठ महिला उपाध्यक्ष प्रजीता कुमारी मुडभरी, उपाध्यक्ष गंगा आचार्य,उपाध्यक्ष सोफिना न्यौपाने,उपाध्यक्ष कल्पना बस्नेत पोखरेल, उपाध्यक्ष सुनीता दुवाल,उपाध्यक्ष नम्रता न्यौपाने, उपाध्यक्ष शुशीला गिरी,महासचिव कमल महतो,सचिव अमर सापकोटा, सचिव निरज सिंह ,कोषाध्यक्ष टोका नाथ न्यौपाने, सहकोषाध्यक्ष राकेश यादव र प्रबक्तामा नबिन मुडभरी चयन भएका छन साथै कार्यसमिति सदस्यहरु ज्वाला थपलिया,सीमा यादव, राखी बर्मा,जंग जी सी, बाबू राम शर्मा, तुलसी दुवाल,तुलसी राम भण्डारी,गणेश पोखरेल,सिताराम रिमाल,रमेश सिम्खडा र संजोग पाण्डे चयन भएका छ्न् । नवनिर्वाचित अध्यक्ष जितेन्द्र थपलियाले सबैलाई धन्यवाद दिँदै पाएको जिम्मेवारीलाई पुर्ण रुपले निर्वाह गर्ने र समाजलाई समुदाय बीच सहकार्य गदै जाने बताए।

निबर्तमान अध्यक्ष पौडेललाई समाजका लागि गरेको योगदानको कदर गदै कार्यसमितिले सम्मान गरेको थियो।

समाजको महोत्सववमा उर्लिए दर्शक

समाजले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन केही दिन बाँकी रहँदै गर्दा पारिवारिक माहोलमा तिज सांस्कृतिक धमाका समेत गरेको छ । कार्यक्रममा गायक टंक बुढाथोकीलाई उपस्थित गराए संगै बुढाथोकीले दर्शकलाई नचाएर धमाका मच्चाएका थिए ।उनले मन बिनाको धन ठुलो कि धन बिनाको मा ,कसरि कसरी ,कसरी कसरि ,चौरीको चाम्रो छुर्पी,बा आमा ,तोरी तेल लाएर कपाल कालो भो ,तिम्रो फोटो देखाई देखाई ,टिक टक मा देखेको, रातो टिका निधारमा जस्ता गीतबाट नेपाली दर्शकहरू लाई मनोरन्जन दिइएका थिए भने उनको प्रस्तुति हेर्नका लागि दुतावास परिवार, एनआरएन साउदी तथा साउदीमा रहेका विभिन्न संस्थाका प्रतिनिधिहरु ,तथा ५०० जना भन्दा बढि दर्शकहरूको उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालक महासचिव जितेन्द्र थपलियाले गरेका थिए।

साथै स्थानिय कलाकारहरुले नेपाल को संस्कृती र समाजको पहिचान झल्किने गित गाएका थिए । साथै तिजको रहर आयो बरि लै गीतमा सामूहिक रूपमा नृत्य गर्नुको साथै तिजको रहर आयो बरि लै, रमाइलो गरौं सँगी हो तिजको लहर , चिटिक्कै भाकी छौ रे, खाउँकी की नखाउँ दर कोसेली, कोही छैन सँग सँगै घुम्न, हरिया हरिया जस्ता रिमिक्स तिजका विभिन्न गीतहरूमा उपस्थित दिदी बहिनीहरूले कम्मर मर्काएर नाच्दै रमाइलो गरेका थिए। कार्यक्रममा गायक बुढाथोकीलाई झापाली समाज तथा नृत्य समुहले स्वागत तथा सम्मान समेत गरेको थियो।

कार्यक्रम २३ अगस्ट २०२४ का रियाद शहरको एक्जीट १३ मा हुनुको साथै साउदी अरेबियामा एक पटक पारिवारिक माहोल मा रहनुहुने जो कोहि पनि नेपाली नागरिक यस समाज को सक्रिय सदस्य हुन सक्ने भन्दै समाजको स्थापना सात बर्ष पहिला भएको थियो ।
कार्यक्रम समापनसँगै तिजको उपलक्ष्यमा दर स्वरूप खीरसहित विभिन्न किसिमका परिकारहरूको व्यवस्था सहित रात्रि भोजन समेत गराइएको थियो।साउदी अरेबिया पछिल्लो समय नेपाली कलाकार आउँने क्रम जारि छ । पारिवारिक समाजले धुर्मुस सुन्तली, पशुपति शर्मा,र एनआरएन साउदीले टंक बुढाथोकी, प्रति आले,झापाली समाजले प्रमोद खरेललाई आमन्त्रित गरेका थिए।