बनेपा, धुलिखेल र पनौतीका मिठाई पसलमा अनुगमन
– अखाद्य केमीकल मिठाईमा प्रयोग गरेका पाईए पछि एक सय किलो भन्दा बढी मिठाई नष्ट
काभ्रे/खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य कार्यालय र पनौती नगरपालिकाको संयुक्तमा मिठाई पसलहरुको अनुगमन गरिएको छ ।
खाद्य्य तथा गुण नियन्त्रण डिभिजन कार्यलय काभ्रेका प्रमुख मनिषा चापागाईको नेतृत्वमा जिल्ला प्रशासन कार्यलयका नकुल गिरी, खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाध्य निरिक्षक पुर्ण प्रसाद पौड्याल, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका रविन्द्रप्रसाद चौंलागाँई, र सञ्चारकर्मी लगायतको टोली बजार अनुगमनमा सहभागी भएको थियो ।
अनुगमनका क्रममा मिठाई पसलहरुमा बेसन १० केजी, जेरी लगाएत अन्य मिठाईहरु एक सय केजी भन्दा बढी नष्ट गरिएको अनुगमन प्रमुख मनिषा चापागाईले बताईन् । मिठाईहरुमा अखाध्य केमीकल हालिएको, अत्याधिक रङ प्रयोग गरी विक्रि वितरण गर्दै आईरहेको फेला परेकाले नष्ट गरीएको चापागाईले बताईन् ।
अनुगमनका क्रममा पनौतीका अधिकाशं मिठाई पसलमा अखाध्य केमिकल प्रयोग गरिएको, अत्याधिक रङ मिसाईएको, सरसफाईमा ध्यान नदिएको पाईएको र बनेपा र धुलिखेलका मिठाई पसलहरुमा रङ प्रयोग गरिएको पाईएको चापागाईले बताईन भने अब उप्रान्त त्यस्ता अखाध्य केमीकल र रङ प्रयोग नर्गन निर्देशन समेत दिएकी थिईन ।
अनुगमनमा डिभिजन प्रमुख मनिषा चापागाईले नियमित बजार अनुगमन गरिरहेको र अहिले चाडबाड लक्षित मात्रै मिठाई पसलमा केन्द्रित भएको बताईन् । उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनमा जोड दिइएको र बजार अनुगमन निरन्तर गरिने उनले बताईन ।
मानब जिबनमा प्रत्यक्ष असर पार्ने त्यस्ता केमिकल प्रयोग गर्ने मिठाई पसलहरुलाई कानुन अनुसार कार्वाहि गर्न स्थानियले माग गरेका छन् । चाडबाडमा मात्रै नभई नियमित बजार अनुगमन गर्न समेत स्थानिय र उपभोक्ताले माग गरेका थिए ।