सिद्धार्थ बनस्थलीले गर्यो एसईई उतिर्ण विद्यार्थीलाई विदाई तथा कक्षा ११ लाई स्वागत

पनौती/ सिद्धार्थ बनस्थली ईन्ष्टिच्युट विद्यालयले २०८० सालको एस ई ई मा उतिर्ण विद्यार्थीहरुलाई विदाई, कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा कक्षागत रुपमा वार्षिक परिक्षा तथा अतिरिक्त क्रियाकलपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण साथै सम्मान गरेको छ ।

काठमाडौ विश्वविद्यालयका संस्थापक उप कुलपति डा. शुरेशराज शर्माको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशब थापाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी डा. शर्माले विद्यार्थीहरुलाई बद्याई ज्ञापन गर्दे शिक्षा मानब जिवनलाई अति महत्वपुर्ण भएको बताए । शिक्षा विना मानिसको जिवन अध्यारो हुने भएकाले पहिलो शिक्षा नै रहेको शर्माको भनाई रहेको थियो । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सगै प्राविधिक शिक्षा दिनु पर्ने शर्माले बताए ।

 कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेद प्रसाद बञ्जारा, शिक्षासेवी रामप्रसाद अधिकारी, भुमिब्य ब्स्थापन कार्यालयका निर्देशक तथा पुर्व विद्यार्थी रामकुमार सापकोटा लगाएतका ब्यक्तिहरुले विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका गतिविधका बारेमा प्रिन्सिपल रेश्मा थापाले प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा एसईई उतिर्ण २५ जना विद्यार्थीहरुलाई विदाई गरिएको थियो भने कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत सगै सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपलहरुको सहभागिता रहेको थियो भने विद्यार्थीहरुले विभिन्न सांगितक कार्यक्रम गरेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका को–अडिनेटर प्रविण दाहालले गरेका थिए ।