आज युवाकवि मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि।सं।१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको वि.सं.१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएका छन् । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए। यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो ।

भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उनले गरेको योगदान अतुलनीय छ ।