सुनचाँदीको मूल्य आज पनि घट्यो
काठमाडौं/ आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।