डिभाइडरमा स्कुटर ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं/ पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० गेझा बर्दलेका ४० वर्षीय यमबहादुर खरुमगर रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजेतिर पाल्पाको रामपुर–१० बर्दलेबाट रामपुरकै रामटारतिर जाँदै गरेको लु ४४ प नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको डिभाइडरमा ठोक्किदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।