बजारको अस्वस्थकर खानेकुरा खुवाउनु भन्दा बुवाको स्वास्थ्य जाँच गराउनु राम्रोः सिडब्लुसी पोलिक्लिनिक
बनेपा चार दोबाटोमा रहेको सिडब्लुसी पोलिक्निकले होल बडी चेकअप गर्न आग्रह गरेको छ । बुवाको मुख हेर्ने दिनको शुभकामना दिँदै स्वास्थ्य सन्देश जारी गरेको हो । बजारको अस्वस्थकर खानेकुरा भन्दा पनि बुवाको होल बडी चेकअप गराउन पोलिक्लिनिकको जोड छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भन्दै पोलिक्लिनिकले स्वास्थ्य जाँचले रोग लाग्न नदिन तथा असल खानपानमा सघाउने जनाएको हो ।
यसैबिच सिडब्लुसी पोलक्लिनिकले स्वास्थ्य जाँचमा विशेष छुट दिएको छ । बुवाहरुको स्वास्थ्यको हितका लागि भन्दै पोलिक्लिनिकले २ हजार ९ सय ९९ मा सम्पुर्ण शरिरको जाँच गर्न सकिने जनाएको छ । उक्त अफसर भाद्र १८ गतेसम्म रहनेछ ।