काठमाडौं /यो वर्ष (सन् २०२४) जनवरीयता सेप्टेम्बरसम्म डेंगी संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २ सेप्टेम्बरसम्म ६ हजार ८३१ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।