चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या

काठमाडौं /मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो ।

उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।

साथीको हत्या गरेर मिलन फरार रहेकाे मलेसियन प्रहरीले जनाएकाे छ ।