अर्घाखाँचीको झरनामा फोटो खिच्दा खोलाले बगाएका दुई जना मृत भेटिए

अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटोर भिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार जनामध्ये दुई जना मृत फेला परेका छन्।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत फेला परेको प्रहरी निरीक्षक (एन्स्पेक्टर) दीपेन्द्र रावलले जानकारी दिए ।
सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका छन्।