बेथानचोकमा तिज विशेष कार्यक्रम
हरितालिका तिजको अवसरमा बेथानचोक गाउँपालिकाले तिज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा वागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरि प्रभा खड्गीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्गीले राज्य व्यवस्था परिवर्तनमा महिलाको भुमिका महत्वपुर्ण रहेको बताइन् । परिवर्तनका लागि लडेका नारीहरु अब आर्थिक क्रान्तिका लागि लड्नुपर्ने उनको भनाई थियो ।
वागमती प्रदेश सभा सदस्य कञ्चन चन्द्र वादेले नारीको सम्मान भए मात्रै समुन्नत समाज निमर्माण हुनेमा जोड दिए । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले महिला शसक्तिकरणमा पालिकाले विशेष जोड दिएको बताएका छन । आर्थिक समृद्धिका लागि कृषि, उद्यमशीलताको क्षेत्रमा काम गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने, वडा अध्यक्ष लगायत पालिकाका कर्मचारी र स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।
तिज विशेष कार्यक्रममा कलाकार स्मृति गौतम, नवराज ढुंगाना लगायत स्थानीयको बेजोड सांगितिक प्रस्तुती रहेको थियो ।