अखिल लोक गीत प्रतियोगिताः भालेश्वर प्रथम, चण्डेश्वरी दोस्रो हुँदा सञ्जीवनी तेस्रो

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु काभ्रेपलाञ्चोकले अखिल लोक गीत प्रतियोगिता आयोजना गरेको छ । हरितालिका तिजको अवसर पारेर अनेरास्ववियु महिला विभागको आयोजना र अनेरास्ववियु काभ्रेको व्यवस्थापनमा लोक गीत प्रतियोगिता भएको हो ।

प्रतियोगितामा पनौतीको भालेश्वर माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै चण्डेश्वरी माध्यमिक विद्यालय नाला दोस्रो, सञ्जीवनी माध्यमिक विद्यालय धुलिखेल तेस्रो र निष्ट स्कुल बनेपाले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो । प्रथम हुनेलाई नगद ७ हजार, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई २ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइएको महिला विभाग प्रमुख प्रजिता ढुंगानाले जानकारी दिइन् ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बडालले लोक संस्कृतिको संरक्षणका लागि अनेरास्ववियु काभ्रेले खेलेको भुमिकाको प्रशंसा गरेका छन्् । उनले रचनात्मक कार्यक्रममा जोडिन समेत विद्यार्थीलाई आग्रह गरेका छन । कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा,उपसचिव रत्नकुश रञ्जितकार, बागमती प्रदेश कमिटी सदस्य विमला शर्मा, बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा लगायतको उपस्थिती रहेको थियो । 

अनेरास्ववियु महिला विभाग प्रमुख भवानी बजगाँई, स्थायी कमिटी सदस्य सुनिता थापा, केन्द्रिय सदस्य विहानी पंगेनी, रेखा न्यौपाने, सुमन जैरु, निर्वाचन विभाग सदस्य हेमराज हुमागाँई, बागमती प्रदेश कमिटी उपाध्यक्ष युवराज दाहाल लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । लोक गीत संरक्षण र सम्वद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जानकारी दिए ।

लोक गीत प्रतियोगितामा मौलिक भेषभुषा र मौलिक गायनलाई प्राथमिकता दिइएको थियो । वरिष्ठ गायक मच्छेश्वर सापकोटा, मन्दिरा केसी निर्णायकको भुमिकामा रहेका थिए । कार्यक्रम सञ्चालन अनेरास्ववियु काभ्रेको महिला विभाग सचिव संगिता तिमल्सिनाले गरेकी थिइन् ।