एमालेको पोलिब्यूरो बैठक आज सकिँदै

काठमाडौं/नेकपा एमालेको पोलिब्यूरो बैठक बुधबार सकिँदैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ।

 

बैठकमा पोलिब्यूरो सदस्यले महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको वार्षिक कार्ययोजना र समसामयिक विषयमा केन्द्रित भएर धारणा राख्ने  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। सबै पोलिट्ब्यूरो सदस्यले राय प्रस्तुत गरेपछि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने उनले बताए।

बाँकी रहेका जिल्ला, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान लगतायका विषयमा पनि बैठकमा छलफल हुनेछ। एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ।