एक महिने ‘गुँला’ पर्व सकियो

काठमाडौं/बौद्ध धर्मावलम्बी नेवार समुदायको एक महिने ‘गुँला’ पर्व सम्पन्न भएको छ।

यो पर्व श्रावण शुक्ल प्रतिपदा अर्थात् नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि  भाद्र शुक्ल प्रतिपदा ञलाथ्व पारुसम्म एक महिना मनाइन्छ।

गुँला पर्वका अवसरमा श्रद्धालु परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यको परिक्रमा गर्छन्।