प्रकाश सामुदायिक पुस्तकालयमा पुस्तक दिवस
श्रीखण्डपुर/ धुलिखेल नगरपालिका वडा नम्बर ५ मा रहेको प्रकाश सामुदायिक पुस्तकालयमा निरन्तर शिक्षाका लागी पुस्कालय भन्ने नाराका साथ पुस्तक दिवस मनाएको छ ।
बरिष्ठ साहित्यकार मोहन दुवालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पुस्तकालयका अध्यक्ष अशोक चन्द्र धुजु श्रेष्ठको सभापतित्व रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी दुवालले पुस्तकालयलाई विकास गर्दे जाने क्रममा विगत देखीको ईतिहासलाई स्मरण गर्दे अगाडी बढ्ने र आफ्नो पुर्ण सहयोग रहने बताए । कार्यक्रमका विशेष अतिथी तथा धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले प्रकाश सामुदायिक पुस्तकालय जस्ता संस्थाले वडाको विकास र सम्र्बद्धनमा सहयोग पुग्ने र वडाको तर्फ बाट सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा श्रीखण्डपुर माध्यमिक विद्यालयका प्रधान्याध्यापक जुजुभाई मानन्धर, गोल्डेन सिद्धार्थ एकेडेमीका प्रिन्सिपल भरत केसी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पुस्तकालयलाई श्रीखण्डपुर माविका सहायक प्रधान्याध्यापक रामचन्द्र भट्टराईले रु ५० हजार सहयोग गरेकोमा सम्मान गरिएको थियो । पुस्तकालयमा विभिन्न श्रेत्रका गरी ५ हजार भन्दा बढी पुस्तक रहेको वताईको थियो । कार्यक्रम सञ्चालन श्रीखण्डपुर आधारभुत विद्यालयका को अडिनेटर शिब प्रसाद बञ्जाराले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य पुस्तकालयका उपाध्यक्ष पुर्ण बहादुर कर्मचार्यले राखेका थिए ।