फेरि फराकिलो अंकले घट्यो सेयर बजार

काठमाडौं/बुधबार सेयर बजारमा फेरि फराकिलो अंकले गिरावट भएको छ। आज नेप्से सूचक ९०.७३ विन्दुले घटेर २७३९.४६ अंकमा झरेको हो।

आज कुल १२ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा सबै समूहका सूचक घटेका छन्। त्यस्तै, ५ वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने ३२० कम्पनीको २ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।