निमार्ण ब्यबसायीलाई ई.जि पि तालिम

धुलिखेल/ नेपाल निमार्ण ब्यबसायी महासंघको आयोजनमा निमार्ण ब्यबसायी सघं काभ्रेको ब्यबस्थापनमा २ दिने निमार्ण ब्यबसायी सदस्यहरुलाई विद्युतिय सरकारी खरिद  (ईजिपी) सम्बन्धी तालिम शुरु भएको छ ।

नेपाल निमार्ण ब्यबसायी महासघंका बरिष्ठ उपाध्यक्ष तथा तालिम संयोजक एडी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी लामाले देशै भरी उक्त तालिमको आयोजना गरिएको बताए । उक्त तालिम प्राप्त पछि ब्यबसायीहरुले इविडिङ मार्फत ठेक्का भर्ने, ठेक्का परिसकेपछि कसरी काम शुरु गर्ने, काम कसरी सम्पन्न गर्ने, लगाएतका विषयहरु पर्ने बताए ।

ब्यबयाीहरुको दक्षता बढाउन र प्रविधि अनुसारको ब्यबसाय गर्न उक्त तालिमको ठुलो महत्व रहेको लामाले बताए । ब्यबसायीहरु आफ्नै र्फम बाट नै निमार्ण योजनाका कामहरु, साईड, योजनाको मुल्याङ्कन सहजै गर्न सकिने लामाले बताए । ब्यसायीहरुलाई हावाका भरमा ठेक्का नहाल्न र बुझेर मात्रै ठेक्का राख्न सुझाब दिए । कार्यक्रममा नेपाल निमार्ण ब्यबसायी महासघंका केन्द्रिय सदस्य उपेन्द्रकुमार घिसिङ्गले पहिला र अहिले निमार्णको प्रक्रियामा सहज भएको र ई विडिङ्ग मार्फत सम्पुर्ण निमार्ण ब्यबसायीहरुले फारम भर्न सहज भएको बताए । कार्यक्रममा निमार्ण ब्यबसायी महासघं वागमती प्रदेश महासघंका महासचिब राजकुमार बुढाथोकी लगाएतले तालिमका विषयमा मन्तब्य राखेका थिए । तालिममा जिल्लाका ५० जना ब्यबसायीहरुको सहभागिता रहेको छ । तालिको सभापतित्व निमार्ण ब्यबसायी सघंका अध्यक्ष बिजय लामाले गरेका थिए ।