धुलिखेल खेल मैदानमा पुर्वाधार निर्माण गर्न नगरपालिका र एन्फाबीच सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र धुलिखेल नगरपालिकाबीच धुलिखेल खेल मैदानमा पुर्वाधार निर्माणका लागि सम्झौता भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन ।

१ करोड ३४ लाखको लागतमा पुर्वाधार निर्माण गर्ने सम्झौता भएको हो । हस्ताक्षर कार्यक्रममा एन्फा महासचिव किरण राई र धुलिखेल–३ का वडाअध्यक्ष गणेश आचार्य लगायतकाले सहभागिता जनाएका थिए ।

२०८१ भाद्र ११ र १३ गते सम्पन्न एन्फा कार्यसमिति बैठकले सो मैदान निर्माणका लागि १ लाख अमेरिकी डलर विनियोजन गरेको थियो ।