प्रधानमन्त्री ओलीको फेसबुक फलोअर्स आजदेखि बढ्न थाल्यो

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’का समर्थकले चलाएको ‘अनफलो’ अभियानका कारण तीव्र गतिमा ओरालो लागिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजको फलोअर्स संख्या आज (बिहीबार) देखि भने उकालो लाग्न थालेको छ।

मेयर शाहले यही भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस २ दिनपछि भदौ १८ गते फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि ओलीविरुद्ध अनफलो अभियान चलाए।

जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते ५ लाख ८८ हजारमा झरेको थियो। बिहीबार ९आज० बिहानसम्म पनि यही संख्या थियो।

तर अब भने ओली फेसबुक पेजको फलओर्स संख्या बिस्तारै उकालो लाग्न थालेको छ।

बिहीबार दिउँसो उनको फेसबुक पेजको फलोअर्स ५ लाख ८९ हजारबाट १ हजार बढेर ५ लाख ९० हजार पुगेको छ।