एक महिनामा ९ लाख २४ हजार ९५४ थान सारी आयात
एक महिनामा ९ लाख २४ हजार ९५४ थान सारी, लुंगी र धोती आयात भएको छ । साउनमा ९ लाख २४ हजार ९५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको हो । सबैभन्दा बढी सारी भारतबाट बाट आयात भएको विभागले जनाएको छ ।
भारतबाट ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी, लुंगी र धोती आयात भएको विभागको तथ्यांक छ । चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको तथ्यांक छ । इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ ।
गत आर्थिक वर्ष ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको सारी, लुंगी र धोती आयात भएको थियो ।