हो म बिग्रेकै सामाजिक सन्जालले हो

घन्टौ मोबाइलको सीसामा औंला तल माथी सार्छु

त्यसैमा लाटाले पापा हेरे झै हेरेको हेरै गर्छु

न भोक लाग्छ मलाई न त तिर्खा नै लाग्छ

न कसैको केही सुन्नु छ कसै संग बोल्ने रहर जाग्छ

हो म बिग्रेकै सामाजिक सन्जालले हो

 

 

चाहे पकाउदै गरेको भात डढोस या छोराछोरी लडोस

पत्तो हुन्न मलाई जो रोओस कराओस या मरोस

कसैले बोलाए पनि झनक्क रिस उठ्छ

घरी घरी कोहि आए कन्पारो तातेर पारा छुट्छ

हो म बिग्रेकै सामाजिक सन्जालले हो

 

 

उट्पट्याङ्ग पोष्ट देखे हेरेर धित नै मर्दैन

अरुले के सोच्ला भन्ला मलाई केहि फरक पर्दैन

मेरो जिन्दगी तलाई बाल भनेर प्याच्च दिने हो

फेरि घोप्टो परेर त्यसैको आनन्द लिने हो

हो म बिग्रेकै सामाजिक सन्जालले हो

 

 

हेर्छु सामाजिक सन्जाल तर मलाई एकान्त प्यारो

समाज के हो छर छिमेकी को हो बुझ्नै गाह्रो

लौन मलाई त यस्ले साह्रै अफ्ट्यारोमा पार्‍यो

आफुले जाने बुझेका कुरा पनि कता सार्‍यो सार्‍यो

हो म बिग्रेकै सामाजिक सन्जालले हो

 

 

जति जे जे भएपनी नहट्ने भयो मेरो बानी

उपाए सिकाउने छन होला त कोहि बाबू नानि

कि तपाईंहरुको पनि यस्तै चल्दैछ जिन्दगानी

पहिले रमाईलो भो अहिले भाछ साह्रै हैरानी

हो म बिग्रेकै सामाजिक सन्जालले हो