रेयुकाई आँखा अस्पतालमा तातो र रातो लाईटबाट सुख्खा आँखाको थेरापी सेवा
बनेपा/आँखामा हुने सुख्खापन न्युनिकरणका लागि बनेपाको रेयुकाई मासुनागा आँखा अस्पतालले नयाँ प्रविधि सहितको थेरापी मेशिन संचालनमा ल्याएको छ । असार २१ गते देखि प्रयोगमा ल्याएको उक्त मेशिनबाट सेवा लिनेहरुको संख्या बढिरहेको छ । यो अवधीमा ६८ जनाले सेवा लिएका छन् ।
आँखामा सुख्खापन भई आँखालाई पर्ने असर यो प्रविधिको प्रयोगबाट हट्न जाँन्छ । एउटा कोर्ष पुरा गर्न तीन पटक थेरापी गर्नु पर्छ । ६ महिनाको अवधीमा पुनः उक्त आँखाको अवस्थाका बारेमा परिक्षण गरिनुपर्छ । नेपालका चारवटा अस्पतालमा उक्त सेवा प्रारम्भ गरिएको छ । अन्य ५ हजार ४ सय रुपैया लिने उक्त थेरापी उपचारको रेयुकाई मासुनागा आँखा अस्पतालमा ४ हजार रुपैयामा उपचार हुनेछ ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले उक्त सेवा सोहि अस्पतालबाट लिएका छन् । सेवा लिए पछि उनले आँखाको सहजताका लागि उक्त मेशिनको थेरापी महत्वपूर्ण रहेको प्रतिक्रिया थिए । तातो र रातो लाईटको माध्यमबाट आँखालाई थेरापी गराईन्छ ।
१५ मिनेटसम्म रातो लाईट मार्फत थेरापी गराईनेछ । त्यो भन्दा अघि तातो लाईटले थेरापी गरिन्छ । डा.रविन्द्र अधिकारीले उक्त थेरापी सुख्खा आँखा हुने विरामीहरुका लागि अत्यावश्यक भएको बताए ।
अस्पतालका सचिव हिरामणी शर्माले रेयुकाई आँखा अस्पतालले आँखा सुख्खा हुने विरामीहरुका लागि इटलीबाट ल्याएको मेशिनबाट सेवा उपलब्ध गराउन थालिएको हो । आँखा सम्वन्धी सम्पूर्ण उपचारका लागि रेयुकाई आँखा अस्पतालले बनेपाका अलावा विभिन्न जिल्लाहरुबाट आँखाको सेवा उपलब्ध गराउँदै आएको छ ।






