ध्यानकुटी विहारको आठौं र मैत्री केन्द्रको चौविसौं वार्षिक साधारणसभा
बनेपा/ध्यानकुटी विहार संरक्षण समितिको आठौं तथा मैत्री केन्द्रको २४ औं वार्षिक साधारण सभा बनेपा नगरपालिकका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा र मैत्री केन्द्र तथा विहारका अध्यक्ष भिक्षु राहुल महास्थविरको सभापतित्वमा सम्पन्न भएको छ ।
विहारको वार्षिक प्रतिबेद सचिव बुद्धभक्त रञ्जितले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष गौरीशंकर मानन्धरले प्रस्तुत गरेका थिए । विहारले प्रत्येक वर्ष आर्थिक पक्ष कमजोर भएका, बाबु आमा गुमाएका ३५ जना छात्र तथा छात्रालाई नगद ५ हजार छात्रा बृद्धि प्रदान गर्दै आइरहेको छ । आगामी वर्षहरुमा समेत निरन्तर प्रदान गर्ने बताइएको छ । संस्थाले धार्मिक सँगै सामाजिक उत्तर दायित्व निर्वाह गर्दे आएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य मैत्री केन्द्रका पुर्व विद्यार्थी स्मिता मानन्धरले राखेकी थिईन भने धन्यबाद ज्ञापन विहारका उपाध्यक्ष विरेन्द्र श्रेष्ठले राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी शाक्यले सबै धर्म समान भएकाले सबैलाई सम्मान हुने बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य गणेश सापकोटा, मैत्री केन्द्रका पुर्व विद्यार्थी सरिना मानन्धर लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।