सोमबार कुन भगवानको पुजा गर्ने ?
काठमाडौं / सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।
सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले कुन दिन कुन देवी–देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ । यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ । सोमबार अर्थात आजको दिन भगवान शिवको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ ।हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी–देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। विशेष गरेर सोमबारको दिन शिवजीको पुजा गर्ने परम्परा रहेको छ । यो दिन शिवजीको पुजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ ।ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ।
सोमबारः सोमबारको दिन देवताको पनि देवता, महादेव र चन्द्र ग्रहको पूजा गरे फल प्राप्ति हुनेछ । विवाह नगरेका कन्याले आफुले चाहेको जीवन साथी पाउनका लागि यो दिन व्रत बसे मनोकांक्षा पूरा हुने विश्वास छ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुनेछ ।