ऊर्जा राज्यमन्त्री कान्छारामलाई आफ्नै जिल्लामा कार्यकर्ताबाट कालोझण्डासहित अवरोध
रामेछाप । बीपी जयन्ती मनाउन गृहजिल्ला मन्थली पुगेका ऊर्जा राज्यमन्त्री तथा रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई कांग्रेसकै जिल्ला सचिवको नेतृत्वको कालोझण्डासहित अवरोध सिर्जना भएको छ ।
मन्थली सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्न जान लाग्दा जिल्ला कार्य समितिका सचिव दीपक खड्कासहित ४०/५०जना कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजीसहित अवरोध गरेका थिए ।
कार्यकर्ताको अवरोधपछि प्रहरीलाई ऊर्जा राज्यमन्त्री तामाङलाई अर्को बाटोतिरबाट लगेको थियो ।
उनीसँग रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने,नेता लेखबहादुर कार्कीलगायत थिए भने जिल्लाका वरिष्ठ नेता र पदाधिकारीले कार्यक्रम बहिस्कार गरेको नेविसंघ केन्द्रीय सदस्य चन्द्र थापा मगरले बताए ।
अवरोधका र कालेझण्डा देखाउने क्रममा प्रहरीसँग कांग्रेस कार्यकर्ताको केही बेर घम्साघम्सी समेत भएको थियो ।






