नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समितिको १३ औ साधारण सभा
काठमाडौ/नेपाल ट्रिपर तथा ट्रक ब्यवसायी समिति चन्द्रागिरी ७ काठमाडौको तेह्रौ बार्षिक साधारण सभा आगामी भाद्र २८ गते शुक्रबार विहान ८ बजे देखि हुने भएको छ । साधारण सभाको अन्तिम तयारी सकिएको छ । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न हुनेछ ।
ग्रिनल्याड ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट प्रा.ली चन्द्रागिरी थानकोटमा आयोजना गरिएको सभामा उपस्थित हुन सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरिएको उपाध्यक्ष राजु सत्यालले बताए । समितिका अध्यक्ष कृष्णप्रसाद पन्तको अध्यक्षतामा आयोजना हुने सभामा सचिव प्रदिप बस्नेतले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बर्षभरी भएका कार्यक्रमहरुलाई उक्त सभामा प्रस्तुत गरिनेछ । सदस्यहरुले राय सुझाव पछि प्रतिवेदन प्रस्तुत गरिनेछ ।
सभाको उद्घाटन सत्रमा वर्षभरी दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरिनेछ । गोलाप्रथाद्धारा उत्कृष्ट ५ चालकहरुलाई नगद सहित सम्मान गरिने उपाध्यक्ष सत्यालले जानकारी दिए । सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत, सचिवको प्रतिबेदन प्रस्तुत, कोषाध्यक्षको प्रतिवेदन, विद्यान संशोधन लगायतका विषयमा छलफल हुनेछ । उक्त विषयहरु छलफल सहित पारित हुने सचिव प्रदिप बस्नेतले जानकारी दिए ।





