एक्सप्रेस साकोसको १६ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस
बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको सोह्रौ बार्षिक साधारण सभा तथा बार्षिकोत्सव संस्थाका अध्यक्ष ईश्वर के.सी. को अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन सचिव उद्धव प्रसाद तिमल्सिनाले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष प्रेम कुमार लामाले र लेखा परिक्षण प्रतिबेदन संयोजक पुजन श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाको कुल सम्पत्ति तथा दायित्व २३ करोड ४३ लाख २२ हजार, शेयर पूँजी १ करोड ८१ लाख ६२ हजार, मुनाफा ७७ लाख ८३ हजार ६ सय रहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर के.सी.ले एक्सप्रेस साकोसप्रति सदस्यहरुले देखाएको विश्वास र सद्भावले गर्दा नै आज संस्था सदस्यहरुको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको बताए । उनले सहकारीे ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले अहिलेको विषम परिस्थितीमा संस्था, सदस्यहरुले सकारात्मक ढंगबाट परिचालन गर्न सके मात्र समग्र सहकारी अभियान सुदृढ हुने भन्दै संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तिय जिवन सरल, सहज भई बजारमा समेत आर्थिक गतिविधी चलायमान हुने विश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट शेयर सदस्य, बचत कर्ता, ऋणीहरुलाई सम्मान गरिएको थियो ।






