नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन बनेपाको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बनेपाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । नेपाल भूतपूर्व स्रनिक प्रहरी संगठन काभ्रेका अध्यक्ष बासुदेव थापाको अध्यक्षतामा भएको अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । 

उपाध्यक्षमा शिवराम सापकोटा, सचिव साहिला तामाङ, कोषाध्यक्ष इन्द्रमणी सापकोटा र उप–सचिवमा महेश थापा सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा दिपक श्रेष्ठ, गणेश बहादुर श्रेष्ठ, विष्णु बजगाँई, राजेश थापा, नवराज थापा, उद्धव थापा, प्रभाकर लामिछाने, रविन्द्र पाण्डे, रेशम बहादुर भारती, सितारा मभारती निर्वाचित भएका छन् ।