सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं/ आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४ सय कायम भएकोमा बुधबार रु १ हजार बढेर तोलामा १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५१५ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा आज बढेर १ हजार ७ सय ८० रुपैयाँ कायम भएको हो ।