नागारिकको जीवन रक्षार्थ धुलिखेल–खावा सडक मर्मतका लागि धुलिखेल नगरपालिकाको ध्यानाकर्षण
धुलिखेल/ धुलिखेल–खावा सडक विस्तारमा भैरहेको ढिलाईका कारण नागरिकको दैनिक जनजीवन तथा जनस्वास्थ्यमा परेको असरबाट जोगाउन जिबन रक्षार्थ धुलिखेल नगरपालिकाले ध्यानाकर्षण गराएको छ ।
नगरपालिकाका प्रमुख अशोक ब्यान्ज्युद्वारा जारी बिज्ञप्तीमा उक्त बिषय उल्लेख छ । विगत केही वर्ष देखि सडक स्तरोन्नतिका लागि शुरु गरिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको चार कि.मि. सडक चौडा गर्ने कार्य सहितकालोपत्रे गर्ने कार्यका लागि नियमानुसार वोलपत्रआह्वानभई निर्माण व्यवसायीबाट सडक चौडा गर्न भित्ताखन्ने काम भइरहेको छ ।
जसले एकातर्फ उक्तकार्य सम्पन्नहुन सकेको छैन भने अर्कोतर्फ कालोपत्रेको लागिकुनै काम अघि वढ्न सकेको छैन जसले गर्दा उक्त सडक हिउदमाधुलैधुलो र वर्षायाममाहिलैहिलो हुनगई आवागमनगर्ने दैनिक सयौं सवारी साधन र यात्रु प्रभावित वनेका छन भने सडक आसपासकानागरिकहरुको दैनिकजनजीवनअत्यन्त कष्टकर बनिरहेको, वातावरणीय प्रदुषणका कारण जनस्वास्थ्यमागम्भिर असर मात्र देखिएको छैन काभ्रेकै नमुनाविद्यालय संजिवनीमा.वि., धुलिखेल सामुदायिक क्याम्पस, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, छात्रावास भवन, जिल्ला कृषिविकास कार्यालय, सैनिक व्यारेक लगायत सरकारी भवनहरु, नगरपालिकाको प्रशोधन केन्द्र जाने ढल तथा सडक, खेलमैदान, होटल, व्यवसायिक भवन तथाआसपासकावस्तिकानिजी घरहरुमा समेत प्रत्यक्षक्षतिपुग्ने अवस्था छ ।
अरनिको राजमार्ग नेपाल सरकारको कार्यविस्तृतीकरण प्रतिवेदनतथाआयोजनावर्गीकरण मापदण्ड अनुसार संघ अर्थात नेपाल सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकोले उक्तनिर्माण कार्य तोकिएको समयसिमाभित्रै सम्पन्नगर्न नियामक र अनुगमनकर्ताको भूमिकानिर्वाह गर्ने गराउने उदेश्यले तत्कालीनउपप्रधानएवमभौतिकपूर्वा धार तथायातायातमन्त्रीमाननीय रघुविर महासेठ ज्यू लगायत सम्वन्धितपदाधिकारीहरुलाई समय समयमाध्यानाकर्षण गराउँदै धुलिखेल नगरपालिकाको नगर कार्यपालिका वैठकवाट निर्णय गराई पटक पटकपत्राचार गरिएको छ । वर्तमानभौतिकपूर्वाधार तथायातायातमन्त्रीमाननीय देवेन्द्र दाहालज्यू, पुर्व मन्त्रीतथा संसदीय समितिलगायत सम्वद्ध पदाधिकारीहरुलाई स्थलगतनिरीक्षणका लागिआग्रह, अनुरोध तथा सहजीकरण गर्ने कार्य समेत भई रहेको छ ।
नागरिकको दैनिकीलाई प्रत्यक्ष असर पार्ने विषयवस्तु प्रतिको संवेदनशिलतालाई ध्यानदिदै राज्यको कुनै पनिआयोजना समयमै सम्पन्न गराउनतीनतहको सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहि समन्वय, सहकार्य र साझेदारी गर्नु पर्ने दायित्वअन्तर्गत स्थानीयतहको सरकारको जिम्मेवारीवोध तथा स्थानीयनागरिकवाट समेत विभिन्न समयमा समयमै सडक निर्माण कार्य सम्पन्नगर्न गराउनगरिएको अनुरोध तथाध्यानाकर्षणलाई समेत नगरपालिकावाट सम्वोधन गरी उल्लिखितभुमिकानिर्वाह गरिरहेको र आगामीदिनमापनि समयमै उक्तआयोजनामात्रै नभई प्रारम्भ गरिएका सवै आयोजना सम्पन्नगर्न गराउन अनुरोधयुक्तध्यानाकर्षण गराउँदै नगरपालिकाले निर्वाह गर्नु पर्ने भूमिकामाकुनै कमि नरहने बिज्ञप्तिमा उल्लेख छ ।