उत्कृट पाँचमा परेका श्रीरामलाई वडाले गर्यो सम्मान
नाला/नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको बजाज पल्सर स्पोर्ट अवार्ड २०८० को पाँच उत्कृष्ट खेलाडीहरुमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्वर ४ नालाका श्रीराम श्रेष्ठ परेका छन् । श्रेष्ठलाई बनेपा नगरपालिका वडा नम्बर ४ ले नगद सहित सम्मान गरेको छ ।
वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले श्रीराम उग्रचण्डी नालाका मात्रै नभई काभ्रेकै नाम राख्ने भएकाले सबै समुदायलाई भोट गर्न अपिल गरेका छन् । श्रेष्ठलाई वडाले नगद १२ हजार सहित सम्मान गरेको हो । वडाअध्यक्ष श्रेष्ठले वडाका अन्य युवालाई समेत विभिन्न खेलहरुमा सहभागि हुन आग्रह गर्दे वडाबाट गर्नु पर्ने खेलकुदका पुर्वाधार विकास, विभिन्न खेलको आयोजनागर्दे आएको, एक घर एक धारा अन्तिम चरणमापुगेको, जिल्लाकै उत्कृष्ट शिक्षा प्रदान गर्न सफल विद्यायलय, नगर आधारभुत अस्पताल सञ्चालन, सडक लगाएतका विकास निमार्णका कामहरु गर्दे आएको श्रेष्ठले बताए । श्रेष्ठले सम्पुर्ण वडाबासी तथा काभ्रेबासीलाई श्रीराम श्रेष्ठलाई भोट गर्न समेत आग्रह गरेका छन् ।
सम्मान कार्यक्रममा नेकपा एमालेका प्रतिनिधी हरी सञ्जेल, नेपाली कांग्रेसका गोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका हरी श्रेष्ठ स्थानियबासीहरुले खेलाडी श्रीराम श्रेष्ठलाई थप सपलताको शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा खेलाडी श्रीराम श्रेष्ठले उत्कृष्ट खेलाडी छनौटका लागि भोटिङ्ग खुल्ला गरिएको बताए । नागरिकहरुले गरेको मतदानबाट उत्कृष्ट पाँचमध्ये एक जना खेलाडी पुरस्कृत हुनेछन् । २०८१ भाद्र २७ गते राति १२ बजेसम्म ईसेवाको माध्यमबाट भोट आफुलाई भोट गर्न आग्रह गरेका थिए । श्रीरामलाई भोट गर्नका लागि इ सेवा खोल्नुस । इ सेवा खोलेर बजाज पल्सर स्पोर्ट अवार्डमा जानुस । त्यहाँ आउने नम्वरहरु मध्ये ५ नम्वरमा श्रीराम श्रेष्ठ देख्न सक्नुहुनेछ । त्यहि नम्वरमा उहाँलाई भोट गरी राष्ट्रिय खेलाडी श्रीराम श्रेष्ठलाई उत्कृट खेलाडीका रुपमा विजयी गराउन अपिल गरिएको छ । भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा विजेताको नाम सार्वजनिक गरिने छ । विजेताले पल्सरको एनएस ४ सय सिरिज पाँउनेछन् ।
इ सेवाबाट गरिने भोटिङको मतभार ५० प्रतिशत, सामाजिक सन्जालबाट गरिने भोटिङको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलुकद पत्रकार मन्चका सदस्यहरुको मत भारत १२.५ प्रतिशत रहने छ । वर्षको सर्वाेत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडीका लागि पनि अवार्ड दिइने छ । कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य प्रेम काजी श्रेष्ठले राखेका थिए सञ्चालन ज्योती वोगटीले गरेकी थिईन् ।