जिल्ला सहकारी संघ काभ्रेको निर्वाचनमा कुन प्यानलबाट को-को विजयी ?

जिल्ला सहकारी संघ काभ्रेको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिस्पर्धी राजन शाक्यलाई ४१ मतले पराजित गरे । श्रेष्ठले १९० मत प्राप्त गरे भने राजन शाक्यले १४९ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा प्यानल नै बनाएर प्रतिस्पर्धा भएको थियो । पोटेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलको समर्थन थियो भने शाक्यलाई नेकपा एमालेको मात्रै समर्थन थियो । मतपरिणाम जिल्ला सहकारी संघमा अमन पोटे श्रेष्ठ प्यानलको बर्चस्व देखिएको छ ।

गठबन्धनको समर्थन प्राप्त अमन पोटे श्रेष्ठको प्यानलबाट महिला उपाध्यक्षमा मिरा सत्याल, उपाध्यक्षमा शान्ति लामा, कोषाध्यक्षमा अर्जुन प्रसाद सापकोटा, सदस्यहरुमा अम्बिका तिमल्सिना, जगन्नथा श्रेष्ठ, पुर्णसागर रंजित, मोहनकुमार श्रेष्ठ विजयी भएका छन् । यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा डिल्लीप्रसाद आचार्य, सचिवमा पवनराज कर्णजित र महिला सदस्यमा देवकी तिमल्सिना दाहाल निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित श्रेष्ठ कांग्रेस निकट हुन् भने महिला उपाध्यक्षमा निर्वाचित मिरा सत्याल माओवादी निकट हुन् । यस्तै उपाध्यक्ष शान्ति लामा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सदस्यहरु जगन्नाथ श्रेष्ठ, पुर्णसागर रञ्जित, मोहन कुमार श्रेष्ठ, सुदर्शन अधिकारी कांग्रेस निकट मानिन्छन् । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक डिल्लीप्रसाद आचार्य र सचिव देवकी तिमल्सिना दाहाल कांग्रस निकट हुन् भने सचिव पवनराज कर्णजित एकीकिृत समाजवादी निकट छन् ।

सचिवमा निर्वाचित प्रकाश बञ्जारा र सदस्यमा निर्वाचित रोशनकुमार श्रेष्ठ नेकपा एमाले निकट मानिन्छन् । एक सदस्यमा भने बराबर मत प्राप्त भएपछि गोला प्रथाबाट छिनोफानो गरिएको थियो । अमन पोटे श्रेष्ठको प्यानलका सुदर्शन अधिकारी र राजन शाक्य प्यानलका बलराम अधिकारीको बराबर १५४ मत प्राप्त भएको थियो । गोला प्रथाबाट अधिकारी विजयी भएका छन् । जिल्ला सहकारी संघ काभ्रेको निर्वाचनमा केन्द्रिय सत्ता गठबन्धन विपरित नयाँ गठबन्धन बनेको छ ।

अन्तिम मत परिणामः