श्रीखण्डपुरमा भोलि निःशुल्क दन्त शिविर सञ्चालन हुने

धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा भोलि भदौ २८ गते निःशुल्क दन्त शिविर सञ्चालन हुँदैछ । धुलिखेल नगरपालिका वडा नम्बर ५ को आयोजना तथा काठमाडौं गुजेश्वरी खरिबोटको कम्युनिटी डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शिविर हुन लागेको हो ।

वडा नम्बर ५ को भैरव मन्दिरमा विहान १० बजेदेखि दिउसो ३ बजेसम्म शिविर सञ्चालन हुने वडा अध्यक्ष प्रमोद शुन्दर श्रेष्ठले जानकारी दिए । दाँत सम्बन्धी सेवा तथा परामर्श लिनका लागि उनले सबै वडावासीलाई अनुरोध गरेका छन् ।