बागमती प्रदेश अन्तर विद्यालय निबन्ध प्रतियोगितामा पनौतीको भालेश्वर मावि तेस्रो
बागमती प्रदेश अन्तर विद्यालय निबन्ध प्रतियोगितामा भालेश्वर माध्यमिक विद्यालय पनौतीले तेस्रो स्थान प्राप्त गरेको छ । ५८ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रदेशभरीबाट भालेश्वरकी अबिना कार्कीले तेस्रो स्थान हासिल गरेकी हुन् । कार्की भालेश्वर माविमा कक्षा ११ मा अध्ययनरत छिन् ।
निबन्ध प्रतियोगितामा श्री बाँसबारी माध्यमिक विद्यालय काठमाडौंमा कक्षा १० मा अध्ययनरत स्मृति चौंलागाँई प्रथम भएकी छिन् भने श्री स्याउरी भूमे माध्यमिक विद्यालय नुवाकोटका सुमन बुढाथोकीले दोस्रो स्थान हासिल गरेका छन् ।