उत्कृष्ट काम गरेको भन्दै पनौती नगरपालिकालाई कांग्रेसको सम्मान

नेपाली कांग्रेसले काभ्रेको पनौती नगरपालिकालाई सम्मान गरेको छ । उत्कृष्ट कार्य गरेको भन्दै कांग्रेसको स्थानीय तह समन्वय विभागले पनौती नगरपालिकालाई सम्मान गरेको हो ।

कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई सम्मान गरेको छ ।

केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच उत्कृष्ट काम गर्ने २१ गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलाई सम्मान गरेको हो । कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूले उत्कृष्ट स्थानीय तहका प्रमुखहरूलाई सम्मान गरेका थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसले देशभरि ३२९ स्थानीय तहमा प्रमुखरअध्यक्ष जितेको थियो । तीमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा स्थानीय तहलाई बिहीबार सम्मान गरिएको हो । आर्थिक वर्ष २०७९/०८० को महालेखा प्रतिवेदनअनुसार कम बेरुजु रहेकालाई छनोट गरी सम्मान गरिएको विभागले जनाएको छ ।