छात्रा दुर्व्यवहार अभियोगमा गुरुहरुलाई उन्मुक्तिमा ‘ब्रेक’
धुलिखेल/चण्डेनी माध्यमिक विद्यालय मण्डनदेउपुर ११ तिमल्सिना गाउँमा कार्यरत विद्यालयका प्रधानाध्यापक हेमराज विश्वकर्मा र शिक्षक बलेन्द्र भट्टलले विद्यालयमा अध्ययनरत तीन छात्रा माथी गरेको दुब्यर्वहार सम्वन्धी उजुरीलाई पहुँच, शक्ति र दबावका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकले गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले उल्ट्याएको छ ।
डेड महिना अघि महान्याधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकलाई उक्त घटनामा शिक्षकद्धयलाई मुद्दा चलाउन आदेश दिएको थियो । ‘२०८० भदौ महिनामा काभ्रेपलाञ्चोकको जिल्ला सरकारी वकिल कार्यालयमा दर्ता भएको बाल यौन दुब्र्यवहार विरुद्धको जाहेरीमा मुद्दा नचलाउने आदेश भएको रहेछ’– जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले भने–‘उच्च हुँदै महान्यायाधिवक्ताको कार्यालयले उक्त घटनामा थप अनुसन्धान गर्न आदेश दिएको निर्णय पठाए लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई उक्त मुद्दाका बारेमा अनुसन्धान गर्न फाईल पठाएका छौं ।’ प्रहरीले अनुसन्धान सकेर फाईल बुझाए लगत्तै थप प्रकृया अघि बढ्नेछ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले शिक्षकहरु विरुद्ध पुनः अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयले फाईल पठाएको बताईन् । ‘अनुसन्धान जारी छ, सकिए लगत्तै फाईल बुझाउँछौं’– एसपी खड्काले भनिन् । तत्कालिन समयमा विद्यार्थी संगठनहरु मध्ये अनेरास्ववियुले सबै विद्यालयमा भएका घटनाहरुमा निश्पक्ष अनुसन्धान र दोषिलाई कडा कारवाहीको माग गर्दै पीडित बालिका विद्यार्थीहरुलाई न्यायको माग गरेको थियो । अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जारी गरेको विज्ञप्तीमा उक्त विषय उल्लेख छ । अन्य संगठनले पार्टी निकट शिक्षक र विद्यालय हेरेर राजनीति गरी घटनालाई अतिरञ्जित गर्ने प्रयास गरेका थिए । सोहि प्रकृतिमा जिल्ला सरकारी वकिल कार्यालयले अन्य विद्यालयका शिक्षकहरुलाई मुद्दा दायर गरेको थियो । केहि विद्यालयका शिक्षकहरु अहिले पनि पुर्पक्षमा छन् । केहि धरौटीमा रिहा भएका छन् भने केहिलाई सजायँ समेत सुनाईएको छ । तर किन चण्डेनी माध्यमिक विद्यालयका दुई शिक्षकलाई किन जिल्ला सरकारी वकिलकको कार्यालयले मुद्दा नचलाउने निर्णय ग¥यो ? उक्त निर्णय सहायक जिल्ला न्यायाधिवक्ता राजिव न्यौपानेले गरेका थिए । प्रधानाध्यापक समेत रहेका हेमराज विश्वकर्मा अहिले डेडिथुम्का मावीमा कार्यरत छन् भने बलेन्द्र भट्ट तपेश्वर मावी देउपुरमा प्रधानाध्यापकका रुपमा कार्यरत छन् ।
२०८० साउन २१ गते शिक्षकद्धयले विद्यालयमा अध्ययनरत तीन बालिका माथी यौन दुब्यर्वहार गरेको भन्दै बालिकाहरुले जिल्ला प्रहरी कार्यालय काभ्रेमा शिक्षकहरु विरुद्ध बाल यौन दुब्यर्वहार अभियोगमा उजुरी दिएका थिए । उनिहरुले दिएको उजुरी पछि लामो समय शिक्षकहरु भागे । प्रहरीले पनि उनिहरुलाई पक्राउ गर्ने योजना बनाएन । पछि सरकारी वकिलको कार्यालय मार्फत शिक्षकहरु विरुद्धको उजुरीमा प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयहरुले मुद्दा नचलाउने निर्णय ग¥यो । जसका कारण पीडित बालिकाहरुले आफुलाई अन्याय भएको महसुस गरेका थिए । महान्याधिबक्ताको कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयले गरेको उक्त निर्णय खारेज गर्दै तत्काल शिक्षकद्धय माथी थप अनुसन्धान गर्न निर्देशन आदेश गरेको छ ।
त्यहि समयमा पनौतीका कुशादेवी, धुलिखेलको सञ्जिवनी लगायतका विद्यालयमा भएका घटनामा शिक्षकहरु पक्राउ परेका थिए । केहि महिना पछि पाँचखाल लगायतका स्थानमा भएका घटनामा पनि शिक्षकहरु पक्राउ परेका थिए । पक्राउ परेका शिक्षकहरु मध्ये केहिलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । केहि अहिले पनि पुर्पक्षमा छन् भने केहिलाई सजायँ तोकिएको छ । उनिहरु पुनरावेदन गएका छन् । (यो समाचार काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकमा प्रकाशित छ ।)