कुशादेवी माविका ४० जना विद्यार्थीलाई लायन्स क्लवले दियो ट्रयाकसुट

लायन्स क्लब अफ काठमाडौं महिमा चार्टरले विभिन्न संघ संस्थासँगको समन्वयमा कुशादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएको छ । असहाय, गरिव तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोशाक ट्रयाकसुट उपलब्ध गराएको हो ।


ट्रायाकसुट वितरण कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, कार्यपालिका सदस्य सुनिता वि.क, वडा सदस्य सुनिता थापा, लायन्स क्लब अफ काठमाडौं महिमा चार्टरका प्रसिडेन्ट गणेश आचार्य, लायन राजन थापा, विद्यालयका प्रधानाध्यापक माधव दाहाल, केयर महिला संस्थाका सरोज आचार्य, लायन्स क्लव अफ काभ्रे फुल्चोकीका सुदर्शन तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष अधिकारीले वडाका असहाय, गरीब बालबालिकाको क्षेत्रमा लायन्सले गरेको सहयोग महत्वपुर्ण रहेको भन्दै धन्यवाद दिएका छन् । लायन्स क्लब अफ काठमाडौं महिमा चार्टरका प्रेसिडेन्ट गणेश आचार्यले सबैको सहकार्यमा मात्रै कार्यक्रम सम्भव भएको बताए ।

विद्यालयका प्रधानाध्यापक माधव दाहालले आगामी दिनमा पनि लायन्स क्लवले सहयोगी हातहरु अघि बढाइरहने विश्वास व्यक्त गरेका छन् । यस्तै लायन राजन थापाले आँखा जाँच, क्यान्सर सम्बन्धी जनचेतना, सरसफाई लगायतका विभिन्न कार्य लयान्स क्लवले गर्दै आइरहेको जानकारी दिए ।

लायन्स क्लव अफ काठमाडौं फेलोसिप (डिस्ट्रिक्ट एफ), लायन्स क्लव अफ काठमाडौं कम्युनिटी पिस्, लायन्स क्लव अफ काठमाडौं न्यु ग्रिन सिटी (डिस्ट्रिक्ट एफ), लायन्स क्लव अफ काठमाडौं पाटन सन्राइज् (डिस्ट्रिक्ट जी), भक्तपुर गुप्तेश्वर (डिस्ट्रिक्ट एफ), काठमाडौं हर्मनी (डिस्ट्रिक्ट एच), काठमाडौं क्षितिज, भक्तपुर बाँसडोल भिलेज (डिस्ट्रिक्ट एफ), काठमाडौं काइन्ड्नेस् सिटी (डिस्ट्रिक्ट एफ), काभ्रे फुल्चोकी (डिस्ट्रिक्ट जी), काठमाडौं हलेसी (डिस्ट्रिक्ट एफ) लगायतका लायन्स संस्था र काभ्रे काठमाडौं सम्पर्क मञ्च तथा आचार्य बन्धु समाजले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम सञ्चालन कुशादेवी माविका शिक्षक मनोज अधिकारीले गरेका थिए ।