निजी विद्यालयमा अध्ययन गरेकाविद्यार्थीहरुलाई अनागरिक ब्यवहार किन ?

बागमती प्रदेश सरकारले जारी गरेको निर्णय अनुसार, केवल सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई मात्र ४ जिपिए प्राप्त गर्न सफल भएका आधारमा सम्मान प्रदान गर्ने निर्णय प्रति बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, हेटौंडाको ध्यानाकर्षण गराएको छ । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलद्वारा जारी विज्ञप्तीमा नीजि विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई अनागरिक जस्तो ब्यवहार नगर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।


बागमती प्रदेश सरकारको उक्त निर्णयले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सम्मानबाट वञ्चित गर्दै असमानता र विभेदको सन्देश दिएकाो विज्ञप्तीमा उल्लेख छ । नेपालमा, हजारौं भन्दा बढी निजी विद्यालयहरूबाट प्रतिवर्ष झण्डै एक लाख देखि डेढ लाख विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुने गर्दछन् । उत्कृष्ट नतिजा समेत प्राप्त गर्ने गर्दछन ।संविधानको धारा १८ ले समानता र धारा ३१ ले समान शिक्षा प्राप्त गर्ने हकको व्यवस्था गरेको छ। साथै, धारा ३० ले बालवालिकाको हकमा समान शिक्षा र सम्पूर्ण व्यक्तित्व विकासको हक सुनिश्चित गरेको छ।

संविधानले सबै नागरिकलाई समानता र समान अवसर प्राप्त हुनु पर्ने स्पष्ट गरेको छ, चाहे उनीहरूले सरकारी विद्यालयमा पढून वा निजी विद्यालयमा त्यसलार्ई विभेद गरिएको छैन । तर पनि सरकारले विभेद गरेको भन्दै नीजि क्षेत्रका विद्यालयको छाता संगठनहरुले आपत्ति जनाएका हुन् ।


निजी विद्यालयहरूले पनि नेपाल मुलुकमा उत्कृष्ट शिक्षाको आधारस्तम्भको रूपमा काम गरिरहेका छन । यि विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निभाएका छन । निजी बिद्यालयले आफ्ना बिद्यार्थीहरुलाई शिक्षित मात्र होइन शिक्षित नैतिकवान समेत बनाएका छन । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि नेपाली नागरिक हुन् भन्ने कुरा बुझ्न बागमती प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।


निजी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी नेपाली होइनन् र? के निजी बिद्यालयमा अध्ययन गरि ४ जिपिए ल्याउन सफल बिद्यार्थी ४ जिपिए ल्याएकै कारण कारण अनागरिक भएर?४ जिपिए ल्याउन सफल बिद्यार्थी, चाहे निजीमा अध्ययन गरुन, चाहे सामुदायिक बिद्यालयमा अध्ययन गरुन उनिहरुको मेहनत, लगन र परिश्रम बराबर, समान होइन र? निजी बिद्यालयमा अध्ययन गर्ने ति कलिला बालबालिका अबका केही बर्ष पछाडीका यही नेपाल देशकै सफल मात्र होइनन एउटा असल नागरिक समेत होइनन् र? यो देशको कुनै वडाको वडा सदस्य होस् वा वडा अध्यक्ष, नगरपालिका वा गाउपालिकाको प्रमुख वा उपप्रमुख, सभासद वा मन्त्री किसान, डाक्टर, पाइलट, इन्जिनियर, पत्रकार, शिक्षक, मजदुर, कलाकार, खेलाडी, गायक इत्यादि होइनन र? यदि हुन् जस्तो लाग्छ भने सरकार, बिद्यार्थी सम्मानमा पनि निजी र सामुदायिक भन्दै यो बिभेद किन र केका लागि ?४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूको मेहनत, लगन र परिश्रम समान हुन् र सम्मान पनि सम्माननीय हुनुपर्छ बागमती प्रदेश सरकार।


तसर्थ, ४ जिपिएप्राप्त गर्ने केवल सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई मात्र सम्मान दिने निर्णयले निजी विद्यालयका विद्यार्थीहरूलाई यस सम्मानबाट वञ्चित गरिएको छ र वञ्चित गरिनु हुन्न भन्ने कुरामा ध्यान जाओस बागमती प्रदेश सरकार । उक्त निर्णयले निजी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुमा निम्न समस्याहरू निम्त्याउन सक्छ बागमती प्रदेश सरकार । सामाजिक विभाजनको सम्भावना यस निर्णयले सरकारी र निजी विद्यालयबीचको विभाजनलाई गहिरो बनाउन सक्छ, जसले सामाजिक असमानता सिर्जना गर्न सक्छ बागमती प्रदेश सरकार ।गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा कुनै पनि विद्यालयको कदर हुनुपर्छ चाहे त्यो सरकारी होस् वा निजी बिधालय। निजी विद्यालयहरूले पनि उत्कृष्ट शिक्षा प्रदान गर्दछन् र यसको सम्मान राज्यले समेत गर्नुपर्छ बागमती प्रदेश सरकार ।सम्मानको अभावले विशेष गरी निजी विद्यालयका विद्यार्थीहरूमा आत्मविश्वास र प्रेरणामा कमी ल्याउन सक्छ, जसले समग्र शिक्षा प्रणालीमा असर पार्न सक्छ बागमती प्रदेश सरकार ।
उक्त निर्णयको पुनरावलोकन गर्न र सबै विद्यार्थीलाई समान अवसर र सम्मान प्रदान गर्नको लागि प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले अनुरोध गरेका छन् ।