ज्ञानकुञ्जमा बालबालिकालाई बालबालिकाकै सम्मान

बनेपा/६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् ।

कक्षा ४ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा तीन सम्मका बालबालिकालाई सम्मान गरेका थिए । ‘शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि’ भन्ने मूल नारा बोक्दै ‘नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई’ आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले उक्त सम्मान कार्यक्रम गरेको हो ।

कक्षा प्ले ग्रुप देखि कक्षा तीन सम्मका ५ सय भन्दा धेरै बालबालिकालाई पूजा गर्दै विभिन्न सामग्री उपहार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तरदायित्व बोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले बताए । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।