शान्तिपार्क संरक्षण र सरसफाईका लागी आदर्श बाल क्लबले दियो नगद सहित डस्बिन

बनेपा/आर्दश विद्या मन्दिर विद्यालय तथा आर्दश बाल क्लबको संयुक्तमा शान्ति पार्क संरक्षण तथा सरसफाईका लागी डस्बिन तथा नगद हस्तान्तरण गरेका छन् ।

६० औ वाल दिबसको अबसरमा विद्यार्थीहरुले बचत गरेको रकम बाट बाल क्लब मार्फत उक्त पार्क ब्यबस्थापनका लागी नगद र सरसफाईका लागी डस्बिन वडा अध्यक्ष शिब कुमार थापालाई विद्यालयका प्रिन्सिपल राम प्रसाद तिमल्सिना र बाल बाल क्लब अध्यक्ष अनुस्का घिमिरेले हस्तान्तरण गरेका थिए ।

बालबालिकाहरुले गरेको कार्य महत्वपुर्ण र उदारणीय भएको थापाले बताए । पार्क संरक्षणका लागी बाल क्लबले गरेको कार्यलाई वडाले समेत साथ र सहयोग गर्ने थापाले बताए । सबै वडा बासीहरुको पार्क संरक्षण गर्नु दायित्व भएको बताउदै थापाले पार्क सञ्चालनमा आए पछि आन्तरिक पर्यटन आउन थालेको बताए । पार्कमा राधाकृष्ण मन्दिर, विभिन्न बालबालिकाहरुले खेल्ने सामाग्री, लगाएतका संरचना निमार्ण भएका छन् । बनेपा नगरपालिका ११ मा रहेको उक्त पार्क नगरकै गौरबको योजना रहेको थापाले बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद तिमल्सिनाले विद्यालयले बालबालिकाहरुका लागी मात्रै नभई सम्पुर्ण विद्याथीहरु उक्त सामाजिक कार्यमा लागेको बताए । विद्यालयले बालबालिकाहरुलाई पुर्ण छात्रा बृत्ति देखी आंशिक छात्रा बृत्ति दिदै आएको, पढाई सगै अतिरिक्त क्रियाकलाप, गुणस्तरीय शिक्षालाई जोड दिदै आएको तिमल्सिनाले बताए ।

कार्यक्रममा मानब अधिकार बादी भोजराज तिमल्सिना, बाल क्लबकी अध्यक्ष अनुस्का घिमिरे, वडा सदस्य दुर्गा थापा, विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो । विद्यालयले विद्यालयमा विभिन्न सास्कृतीक कार्यक्रमको समेत आयोजना गरेका थिए ।