बनेपा नगरपालिकामा बालबालिका र जनप्रतिनिधिको अन्तरक्रिया

बनेपा/ बनेपा नगरपालिकाको आयोजनामा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागितामा ६० औ राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकासंग जनप्रतिनिधि सम्बन्धी अन्तरक्रियात्म कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बालबालिकाहरुले नगरपालिकाले बालबालिकाको क्षेत्रमा कति प्रतिशत रकम छुट्टयाएको छ ? त्यो पारदर्शी र बालबालिकाकै क्षेत्रमा खर्च गरिएको छ कि छैन् ? वडामा किन बाल मैत्री पार्कहरुको निमार्ण नगरिएको, सामुदायीक विद्यालयमा अतिरिक्त कक्षाको शिक्षक किन नभएको ? चुनाब जितेको २ वर्ष सम्म बालबालिकाहरुका लागी के के कामहरु गर्नु भयो ? राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा किन साना कक्षाका बालबालिकालाई सहभागी गराईदैन ? नगरमा भएका बालक्लबहरुलाई कति रकम छुट्टएको छ जस्ता दर्जनौ प्रश्न जनप्रतिनिधीलाई सोधेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाको क्षेत्रमा पर्याप्त बजेट छट्टएको, प्रत्येक वडामा बालमैत्री पार्क निमार्ण शुरु गरीएको, सामुदायीक तथा निजी विद्यालयको सहभागितामा विषयगत शैक्षिक प्रर्दशनी गर्दे आएको, केहि समयमै नगरलाई बालमैत्री नगर घोषण गर्न लागीएको बताए । कार्यक्रमका सभापति तथा उप प्रमुख विमला सापकोटाले बालबालिकाहरुको क्षेत्रमा नगरपालिकाले काम गर्दे आएको बताईन् ।

बालबालिकाहरुको समस्या सुन्न नै उक्त कार्यक्रमको आयोजना गरिएको बताईन् । बालबालिकाहरुकालागी पोषण खाध्य कार्यक्रम, निशुल्क खोप, आखाँ परिक्षण, स्वास्थ्य, अपाङ्गता जस्ता क्षेत्रमा काम गर्दे आएको सापकोटाले बताईन् ।

कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुवंर, नगर बाल सञ्जाल अध्यक्ष प्रितम लामिछाने लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न विद्यालयका शिक्षकहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन महिला तथा जेष्ठनागरिक शाखाकी महिला विकास निरिक्षक सपना ओलीले गरेकी थिईन् ।