किन बन्न सक्दैन साझा : केपी सापकोटा र सिँहविर जोडिएको शहीद पार्क ?

(सन्दर्भ :२२ औं केपी सिँहविर स्मृति दिवस )

कथित राता क्रान्तिको शंखघोष गर्नेहरुले घटाएको विभत्स घट्ना वि।सं।२०५९ साल भदौ ३० को हो ।२२औं स्मृति दिवसको सन्दर्भमा छौं । काभ्रेली कम्युनिष्ट आन्दोलनको एउटा निर्भिक सतिसाल जो बाँचुन्जेल कम्युनिष्ट आदर्श बोकेर बाँचे सिद्धान्त र व्यवहारमा । कुनैपनि विना झिंजो निरन्तर लागि रहे बर्गिय आन्दोलनको बहाक बनेर । त्यहि योद्धाको नाम हो कृष्णप्रसाद सापकोटा । काभ्रेली माटोमा राजनीतिक तरंग ल्याउन सक्ने एक जुझारु युवा थिए कृष्णप्रसाद । राजनीतिका अनेक आरोह अवरोहहरुमा विभिन्न भोगाइहरु संगाल्दै बसेका हालको पनौती,विहावर क्षेत्रमा राजनीतिक अगुवाको रुपमा स्थापित नाम कृष्णप्रसाद । अदम्य साहस, हिम्मत र राजनीतिक दर्शन निर्देशित दृढता उनका आदर्श थिए। जिल्लाभर राजनीतिक रुपमा आफ्नो नाम कमाएका, लोकप्रिय जनप्रतिनिधीको रुपमा जनताका दुःखसुखमा आफ्नो मन लगाएका योजनावद्ध विकास सार्दै अगाडी बढेका जनताका सेवक थिए । जनताको समृद्ध जीवन र सुविस्तायुक्त दैनिकीको लागि अनवरत संघर्षरत युवा थिए कृष्णप्रसाद । ब्यक्तिगत जीवनका स्वार्थ र सुविस्ता नरोजी जनता र गाउँको सेवामा दत्तचित्त भएर लागिपर्ने स्वभाव,बैचारिक रुपमा धारिला,अध्ययनमा रुचि राख्ने, सरल जिन्दगीका पर्याय थिए कृष्णप्रसाद । गहिरो चिन्तन, मनन र अध्ययन उनको विशेषता थियो ।
उनकै सहयोद्धा थिए सिंहविर तामाँग । जनजातिको कोखमा जन्मेर पनि उतिवेलाको समयमा समाजलाई सकारात्मक परिवर्तनमा लाग्न योगदान गर्ने व्यक्ति सिँहबिर । दुबैको भूमिका मन नपराउने उतिवेलाको विद्रोही माओवादीले गैह्र न्यायिक हत्या गरेर कम्यूनिष्ट आन्दोलनकै इतिहासमै कालो पोत्ने काम गरेको थियो ।सशस्त्र द्धद्धको त्यो अवधिमा क्रान्तिका लागि लागेका भन्नेहरु र सरकारपक्षबाट हजारौं हजार निहत्थ्या नागरिकहरु मारिए । अँगभंग घाइतेको कुरै गर्नु परोइन ।

वि.सं.२०५२साल फागुन १देखि २०६३ मंसिर ५ सम्म चलाउने उतिवेलाको कथित जनयुद्ध चलाउने विद्रोही पक्ष र राज्यपक्षविच सम्झौता भयो । उक्त सम्झौता भएको पनि यतिका वर्ष वितिसके । यस विचमा वागमतिमा धेरै पानी बगिसक्यो । राजनीतिक व्यवस्थामा क्रान्तिकारी परिवर्तन भयो । विद्रोहको नेतृत्व गरेको पार्टीका नेताहरु पटक पटक राजकीय सत्तारोहणको शिखरमा पुगे । तर,उतिवेलाको शसस्त्र द्धन्दको क्रममा भएका गंभिर प्रकृतिका मानव अधिकार उल्लँघनका घट्ना तथा मानवता विरोधी अपराधमा संलग्नहरुलाई सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्ने पटक पटक डंका पिटियो । यहि कुरा उतिवेलाको दुवै पक्षको सम्झौतामा पनि लेखिएको थियो । यता अन्तरिम सँविधान २०६३को धारा ३३ मा पनि त्यस सम्झौतालाई सबैधानिक मान्यता प्रदान गर्ने किसिमले राखियो । पटक पटक त्यस कुराको व्यवहारीक कार्यान्वयनको कुरा उठ्यो । ऐन बन्यो सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ । यसले पीडक र पीडित बीच मेलमिलाप गराउने,पारस्परिक सद्भाव तथा सहिष्णुताको भावना निर्माण गर्ने,दीगो रुपमा शान्ति र मेलमिलापको वातावरण कायम गर्ने भनियो । परिपुरण लगायतका अधिकारहरुको समेत व्यवस्था गरियो । तर हात लाग्यो शुन्य जस्तै भयो उतिवेला ।

तर,खै किन हो कुन्नी यो विषय जहिले नि उठ्ने,चर्चा हुने र सेलाउने मात्र भयो । विस्तृत शान्ति सम्झौता भएको झण्डै बीस वर्ष भो । सो सम्बन्धी ऐन आएकै १० बर्ष भैसक्यो । तर पनि पीडितले न्याय पाएका छैनन् । मलाई लाग्छ ,सक्रमणकालीन न्यायको निरुपण गर्न मूलतः वर्तमान राजनीतिक दलको नेतृत्वमा इच्छाशक्ति दृढ हुनु जरुरी छ । सधैं सबै कुरा राजनीतिकरण गरेर मात्र समाधान हुन सक्दैन ।
मलाई थाहा भए अनुसार करिव ६० हजार उजुरीहरु आयोगमा दर्ज भएका छन् । तर पीडितले न्याय र परिपूरण पाउने कहिले ?

यसैबीच बेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन,सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई राजनीतिक सहमतिका आधारमा संसदबाट पारित गरिएको छ ।यसले मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषा,मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेका घट्ना,सशस्त्र द्धन्दमा जोडिएका तथा प्रभावित व्यक्तिहरु र मृत्यू भएका,घाइते तथा अपांगता भएका सुरक्षाकर्मी वा निजको परिवारका लागि परिपूरण र घटी सजाय मागदाबीका प्राबधानहरुमा संशोधन गरेको छ । जसलाई राष्ट्रपतिले प्रमाणिकरण पनि गरिसकेका छन् । तर आयोगले पूर्णता पाएको निष्पक्ष ढंगले कार्य गर्न सक्ने मान्छे आयोगमा लैजानु पनि उत्तिकै चूनौतिको विषय हुनसक्छ ।

यो त भयो राष्ट्रिय सन्दर्भ । फेरी काभ्रे फर्कन चाहेँ म । काभ्रेमा परिवर्तनको नाउँमा उतिबेला धेरैको गैह्र न्यायिक हत्या भएको छ । नेकपा एमाले,नेपाली काँग्रेस लगायतका दलका नेता,कार्यकर्ताहरु द्धन्दको मारमा परे । केपी सापकोटा,बलराम सापकोटा,सिँहविर तामाग आदि जस्ता दर्जनौ निहत्या नेता कार्यकर्ता एमाले पनि गुमायो । आज केपी सिँहविरको २२ औं स्मृति दिवस । यति चाँहि भन्ने हिम्मत गरेँ । उनीहरुका सपनामा तुवाँलो छाएको छ । अपनत्व महसुस गर्ने प्रवृत्तिमा ह्रास आएको छ । यो निश्चय नै राम्रो कुरा होइन । पहिले पहिले स्मृति सभा जिल्लाले अगुवाई गर्थे रअहिले पार्टीको नेतृत्व पँक्तिलाई फुर्सद छैन् । केपी सिँहविरको नाउँमा प्रतिष्ठान बनेको सुनिएको थियो पहिले । अहिले त्यो कहाँ छ , या छैन् थाहा छैन् ।

गाउँमा तत्कालिन स्थानीय जनप्रतिनिधिहरुले बजेट छुट्टयाएर शहीद स्मृति पार्क निर्माणको गुरुयोजना बनाइयो । केही उल्लेख्य सँरचना पनि बने । फरक आस्था राख्नेहरुको पनि शालिक स्थापना गरियो । सबैको अपनत्व हुने किसिमले काम गर्न खोजियो । तर हामीमा संकुचनाको पराकाष्ठा नहुने कुरै भएन् । एउटा उजाड र भिरालो डाँडोले एउटा सुन्दर प्रारुप लिने तयारी हुँदैथियो । सरकारी मूल्याँकन भन्दा बेशीकै काम भएका थिए । तर अख्तियारको डण्डा बर्षाइयो । नियमित छुट्याइएको बजेटलाई काटियो । अलि अलि संरचना तयार हुँदै गर्दा रयालेको नाउँ शहीद स्मृति पार्कले अलिक परसम्म फैलिने सकारात्मक कुराले स्थानीयहरु खुशी हुनुपर्ने त्यस्तो पनि देखिएन । वर्तमान नगर र वडा नेतृत्वले शहीदहरुप्रति सम्मान भाव प्रकट गर्न चाहेन्।वजेट काटियो,राजनीतिक आस्था जोडियो । तर पार्क साझा थियो । सुन्दर बन्दै थियो । देखेर पनि वर्तमान स्थानीय जनप्रतिनिधीहरुले अन्देखा गरे ।

सुन्दर बन्दै गरेको पार्क फेरी ओझेलमा पर्यो । वा भनुँ पारियो । गाउँको मुहारमा सकारात्मक परिवर्तन गर्न शहीद स्मृति पार्क एउटा राम्रो गन्तव्य हुनसक्थ्यो। राजधानीबाट नजिक व्यस्तताबाट टाढा,कोलाहलबाट उन्मुक्ति पाएको हरियाली सुन्दर स्थान निश्चय नै आन्तरिक पर्यटकको निम्ति आकर्षक थलो हुनसक्थ्यो । विहावर भेगका स्थानीयहरुले आफ्नै आँगनमा कृषि उपज र फसलहरु बिक्री गर्न सक्थे,रेष्टुरेन्टहरु चल्न सक्ने,पीकनिकको लागि राम्रो स्थल हुनसक्थ्यो । तर विडम्बना शहीद पार्क राजनीतिक कोपविभाजनको शिकार भयो ।हिजो रयालेको विकासमा योगदान गर्नेहरुको सम्मानमा निर्माण हुँदै गरेको पार्कको यो दुर्दशा र वर्तमान जनप्रतिनिधिहरुको उपहासले उनीहरुमाथि अपमान गर्ने बाहेक केही योगदान गर्न सकेन् ।के यो शहीद स्मृति पार्क केपि सिँहविरहरुको मात्र हो ? के यो नेकपा एमालको मात्र सम्पति हो । यहाँ जीवन रञ्जितकार अटेका छैनन्रु जो द्धन्दरत समयमा तत्कालिन सरकारबाट जीवन लुटिएका थिए । रामप्रसाद अटेका छैनन् जो उतिवेलाको आन्दोलनको क्रममा गोलीको शिकार बनेका थिए । कस्तो चिन्तन हाम्रो रु अलिक फराकिलो हुनुपर्छ नि अब हैन् र हामी ? गाउँ बनाउँन दलभन्दा माथि भएर सोच्नुपर्छ ।के शहीद पार्क जरुरी छैन् ? जवाफ कोइसँग छ ?

अगुवाहरुको अपमान भयो । रयालेको मुहारलाई आधुनिकीकरणको छाता ओढाउनेहरुलाई वेवास्ता गरियो । यो मेरो व्यक्तिगत विचार हो यहाँहरु सहमत हुनुपर्छ त भन्दिन म । तर,लागेको कुरा बोल्न नि छोड्दिन म । अरु त अरु भै हाले हिजो हिंसात्मक विद्रोहमा लाग्ने क्रान्तिकारी बर्को ओढ्ने कमरेडहरु पनि पार्कको यो अवस्थाप्रति मौनता साँधेर बस्नु भएको देखेर ताजुव लागेको छ । मलाई लाग्दैन् शहीद स्मृति पार्क नेकपा एमालेको हो । यो चाँहि पक्कै हो पार्क बनाउने अगुवाई एमालेका नेता कार्यकर्ताले गरेका हुन् । तर अबधारणा र त्यहाँको निर्माण भएका कुराहरुले सबैको अपनत्व महसुस हुनुपर्ने होइन् र रु अनि गाउँका अगुवा,भद्रभलादमी,सामाजिक अभियन्ता र आम सर्वसाधारण पनि चुप रुहामी यति धेरै थेत्तरा भएको किनरुताजुव लागेको छ ।कस्तो राजनीतिक भाष्य बोकेर हिँडेका हामी रुकस्तो ओठेभक्ति हाम्रो ?
शहीद स्मृति प्रतिष्ठान बनाइयो । राजनीति भन्दा माथि उठेर सर्वपक्षिय बनाउने प्रयास भयो । तर कलुषित मनसुवाले गर्दा शहीद स्मृति प्रतिष्ठानले पनि पार्कको भौतिक संरचनाको काम गर्दा गर्दै विभिन्न अनावश्यक मुद्धाको सामना गर्नुपर्यो । अन्ततः राजनीतिकरण गरेर नियमित छुट्टिँदै आएको बजेट पनि राजन्तिक कोपविभाजनको शिकार बनेर काटियो । अहिले त्यति भव्य र सुन्दर सँरचना संरक्षणको अभावले विग्रिएको छ ।शहीद पार्क बनाउँदा स्थानीयतालाई ध्यान दिएको छ । स्थानीय भाषा,धर्म र संस्कृतिको सम्वद्र्धन गर्ने गूरुयोजना तयार भएको छ । तर त्यतातिर समेत पक्षधरता लिएर अन्देखा गरिँदा स्थानीय नगरपालिकाप्रति खवरदारी गर्न चाहें । अब ध्यान जाओस पार्कको बाँक्री संरचनाका कार्य गर्न वजेट विनियोजनमा ध्यान जाओस ।

समाज अराजक बन्दै आएको छ । आफु ठीक अरु सब गलत भनेर भन्ने परिपाटी मौलाएको छ । समस्याको निराकरण होइन बढोत्तरी गरिने प्रचलन छ । दोषारोपण गर्ने,फत्तुर आरोप लगाउने,गाली गलौज गर्ने, समाजमा योगदान केही गर्न नपर्ने तर समाजको लागि जिन्दगी नै अर्पण गर्नेहरुप्रति अपमानपूर्ण व्यवहारको प्रदर्शन गर्ने ,सामाजिक सञ्जालमा शहीदहरुप्रति मान मर्दन गर्ने जस्ता कुराहरु यदाकदा देखिन थालेका छन् । यो साँच्चै चिन्ताको विषय रहेको छ । यस्ता कुराले अराजकता फैलँदैन् ? समाज ध्वस्त हुँदैन् रुप्रतिशोधको भाव जागृत हुँदैन् ? तसर्थ,हामीले यस्ता कुराहरुमा ध्यान दिनुपर्नेछ । हामी सबैले सोचौं हाम्रो जमिन कतातिर उभिएको छ । हाम्रो टेक्ने धरातल कुन हो ? मानवीय संवेदना भन्ने कुने चीज छ कि मरिसक्यो रु शहीद कुनै दलको विशेष हुनुहुँदैन् उ त सबै भन्दा माथि हुनुपर्छ । यदि हामीमा अलिकति मात्र भएपनि मानवोचित चेत उद्बोधित छ भने कृपया हामी सबैले मनको भित्री तहदेखि आज्रैबाट सोचौं ।

धेरै भन्नु छैन् । सर्वसाधारणले समेत चासो र चिन्ता गर्नुपर्ने देखिएको अबस्थाले केही लेख्ने धृष्टता गरेँ । त्यतिका पूर्वाधार निर्माण भैसकेको,विभिन्न व्यक्तित्वहरुको शालिक समेत बनिसकेको, बुद्धको सुन्दर स्तुपा र सन्सरेदेवीको मन्दिरले धार्मिक सहिष्णुता प्रदर्शन गरिरहेको पनौती १ रयालेमा अबस्थित शहीद स्मृति पार्कको बारेमा समेत चासो र चिन्ता व्यक्त गरौं । यो सार्वजनिक र रयालेको गौरवको विषय हो अन्देखा नगरौं । अन्यथा ए्रकदिन हामीले पनि दुर्गती बेहोर्नुपर्नेछ । मेरो आग्रह सबै राजनीतिक दल,नागरिक समाज र प्रवुद्ध वर्गहरुले यो विषयलाई आफ्नै विषयको रुपमा चासो दिउन भन्ने हो । विचारहिनताका वकालत कसैले नगरौं । हाम्रा नैतिक मापदण्ड बुझौं । केहि वर्ष यता स्थानीय स्तरमा सामान्य औपचारिकता पुरा गरेर केपी सिँहविरको स्मृति मनाउने बाहेक अरु केही गर्न सकिरहेको अबस्था छैन् । यो विषय आम नागरिकको भएकोले सबैको चासो हुनुपर्दछ । आजको दिनमा कमरेड केपी र सिँहविरप्रति श्रद्धासुमन अर्पण गर्दछु ।