बाल दिवसको अवसरमा बाल सहभागिता सम्बन्धी अभिमुखीकरण

पनौती नगरपालिका वडा नम्बर ८ ले राष्ट्रिय बाल दिवसको अवसर पारेर यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी तालिम तथा बाल सहभागीता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । वडा कार्यालयको आयोजना तथा सिविनसँगको सहकार्यमा बालबालिकासँग अन्तरक्रिया गरिएको बालमैत्री सहजकर्ता गीता थापाले जानकारी दिइन् ।

दुई दिने तालिम तथा अभिमुखीकरण कार्यक्रममा बाल अधिकार, बाल संरक्षण, बाल सहभागीता लगायतका विषयमा अहिले भइरहेको अभ्यास र आगामी योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, कार्यपालिका सदस्य चण्डिका परियार, वडा सदस्य शोभा कार्की, राजेन्द्र केसी, विश्वनाथ श्रेष्ठ, वडा सचिव राजकुमार श्रेष्ठ, बालमैत्री सहजकर्ता गीता थापा, सिविनका प्रतिनिधि, सुनौलो वडा बाल समुह सञ्जालका बालबालिकाहरु लगायतको सहभागीता रहेको थियो ।