धुलिखेलमा नेपाल दृष्टिविहिन कल्याण संघ केन्द्रीय सभाको ३७ औं अधिवेशन
धुलिखेल/नेपाल दृष्टिविहिन कल्याण संघ काभ्रे शाखाको आयोजनामा केन्द्रीय सभाको ३७ औ साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । सभामा केन्द्रीय अध्यक्ष तीर्थराज वन्तको प्रमुख आतिथ्यता तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले देशभरका दृष्टिविहिनहरुलाई राज्यका निकायले नीति तथा कानून निर्माण गरी सहजिकरण, अवसर तथा समस्यामा अभिभावकत्व ग्रहण गर्नु पर्ने बताए । धुलिखेल नगरपालिकाले अपाङ्गता परिषद् मार्फत नेत्रविहिन लगायतलाई सहजिकरण गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए ।
कार्यक्रममा उपप्रमुख निराजन जंगम, काठमाडौ महानगरपालिका वडा नम्वर ११ का अध्यक्ष हिरालाल तण्डुकार, धुलिखेल नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, नेपाल दृष्टिविहिन कल्याण संघ काभ्रेका संस्थापक अध्यक्ष बेलप्रसाद श्रेष्ठ, संघका पुर्व अध्यक्षहरु कमल रुपाखेती, कुमार थापा, अजयरत्न स्थापित, काभ्रे शाखा अध्यक्ष पूर्णबहादुर कार्की, केन्द्रीय उपाध्यक्ष चण्डेश्वरानन्द बैद्य, महासचिव पवन घिमिरे, विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला शाखा अध्यक्ष पूर्णबहादुर कार्कीले सहभागिहरुलाई स्वागत गरेका थिए भने महासचिव पवन घिमिरेले संघले गरेका गतिविधिहरुका बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि अवसरमा विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुलाई आजिवन सदस्यता वितरण गरिएको थियो भने विभिन्न नामबाट स्थापित पुरस्कार प्रदान गरिएको थियो । विजयकुमार कार्कीलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।
सोहि अवसरमा उत्कृष्ट शाखा पुरस्कार, डा.लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कार, केशावति मास्के अपाङता उत्कृष्ट सेवा पुरस्कार २०७४, गौरी–तुल्सी पुरस्कार, ज्योती केसी प्रतिभा पुरस्कार, विष्णुदेवी नारायण गोविन्द पुरस्कार, रोटरी क्लव अफ काष्ठमण्डप पुरस्कार, हेमन्त निलिमा पुरस्कार प्रदान गरिएको थियो । सोहि अवसरमा काभ्रे जिल्ला शाखाका संस्थापकहरु, पुर्व जिल्ला शाखा सभापति तथा सदस्यहरु, सञ्जिवनी माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापकहरु, कान्छीमाया तामाङ फाउण्डेशन काभ्रे लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।