बेथानचोक गाउँपालिका–४ मा प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बेथानचोक गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ग्रामिण विकास संस्था (एआरडी) को सहयोग तथा बेथानचोक चलाल बाल क्लवको आयोजनामा बाल दिवसको अवसर पारेर प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ६ वटा विद्यालय सहभागी थिए । हाजिरीजवाफ प्रतियोगितामा कालिका माविका प्रधानाध्यापक महेन्द्र प्रसाद वाग्लेको सभापतित्व रहेको थियो भने वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बादुर लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतयोगितामा गणेश आधारभुत विद्यालय प्रथम, कालिका मावि द्धितीय, भूमिमाता माविले तृतीय स्थान हासिल गरेको छ भने श्री कपुर महांकाल प्राविले सान्त्वना स्थान हासिल गरेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य सुसान्ता गोलेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन शिक्षक द्धय सरिता बजगाँई र विनिता तिमल्सिनाले गरेका थिए ।

विजयी विद्यार्थीलाई प्रमुख अतिथी एवं वडा अध्यक्ष लामा, विद्यालयका प्रधानाध्यापक वाग्ले र एआरडी प्रतिनिधि सरिता हुमागाँईले पुरस्कार वितरण गरेका विद्यालयका सहायक प्रधानाध्यापक बेदप्रसाद बजगाँईले जानकारी दिए ।