फूल्चोकी आधारभुत विद्यालयका ४३ विद्यार्थीलाई सिविनले दियो शैक्षिक सामाग्री

पनौती नगरपालिका वडा नम्बर २ स्थित फूल्चोकी आधारभुत विद्यालयका ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सिविन नेपालको सहयोग तथा वडा कार्यालयको सहकार्यमा गरिव तथा असहाय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीलाई ट्रयाकसुट, झोला र जुत्ता वितरण गरिएको छ ।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, सिविन नेपालका भगवती श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बजगाँई, विद्यालयकी निमिक्त प्रधानाध्यापक विमला नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष टंकप्रसाद सापकोटा, सिविन नेपालका विमला बुढाथोकी,बालमैत्री सहजकर्ता सरस्वती आचार्य लगायत शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले सिविनको सहयोगले पठनपाठनमा सहयोग पुग्ने भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले गरिव तथा असहाय बालबालिकाको लागि सिविनले गरिरहेको कार्यको प्रशंसा समेत गरेका छन् । यस्तै सिविनकी भगवती श्रेष्ठले आगामी दिनमा पनि बालबालिकाको पठनपाठन लगायत सहज जीवनयापनका लागि सहकार्य गरिरहने प्रतिवद्धता जनाएकी छन् ।