सहिद पार्कमा के.पी सापकोटा र सिंहविर तामाङको २२ औं स्मृति सभा

शहिद कृष्णप्रसाद सापकोटा र सिंहविर तामाङको २२ औं स्मृति सभा आयोजना गरिएको हो । नेकपा एमाले पनौती नगरपालिका १ नम्बर वडा कमिटीले रयाले स्थित शहिद पार्कमा स्मृति सभा आयोजना गरेको हो ।
स्मृति सभामा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, पनौती नगरपालिका उप–प्रमुख एवं एमाले नेता गीता बञ्जारा, एमाले काभ्रेका उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उप–सचिव सुर्यमाया दनुवार, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायत स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रममा सापकोटा र तामाङले समाज परिवर्तनमा पुर्याएको योगदानको स्मरण गरिएको थियो ।

सापकोटा नेकपा एमालेको तर्फबाट २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तत्कालिन रयाले गा.वि.स.का जननिर्वाचित गा.वि.स अध्यक्ष हुन् भने तामाङ नेकपा एमालेका सदस्य थिए ।
माओवादी शशस्त्र द्वन्द्वको समयमा घरमा सुतिरहेको अवस्थामा मध्यराती केहि कुराकानी गर्नु छ भन्दै सापकोटालाई ओछ्यानबाट निकालेर कुशादेवी स्थित सडक छेउको जंगलमा ल्याई टाउको र शरिर अलग बनाउने क्रुरतापुर्वक हत्या भएको थियो ।
रयालेका सिंहविर तामाङ पनि नेकपा एमालेका कार्यकर्ता थिए । केहि दिनको अघि पछि सापकोटा र तामाङ दुबैको माओवादीले हत्या गरेका थिए ।