कृषि विकास कार्यालय काभ्रेले गर्यो चालु वर्षका कार्यक्रम सार्वजनिकीकरण सँगै समीक्षा
धुलिखेल/कृषि विकास कार्यालयकाभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा आर्थिक वर्ष २०८०/२०८१ को समीक्षा तथा २०८१/२०८२ को बार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम बामगती प्रदेश सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरु, विभिन्न कार्यालयका प्रमुखहरु र कृषिसँग सम्वन्धित ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले गत वर्ष सम्पन्न कार्यक्रम, बजेट तथा त्यसको प्रगतिका बारेमा जानकारी गराउँदै चालु वर्षका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यालयका कार्यक्रमहरु, प्रगति तथा भएका कृयाकलापका चुनौतीहरुका बारेमा चालु वर्षका कार्यक्रमका सन्र्दभमा कार्यालय प्रमुख दवाडीले जानकारी गराएका थिए । कार्यालय प्रमुख दवाडीले जिल्लाका प्रमुख बालीहरु, विभिन्न आवमा अनुदान प्रवाहको अवस्था, २०८१/२०८१ मा आवेदक तथा साझेदारको अवस्था, स्थानीय तह अनुसार योजना तथा अनुदान रकम प्रवाहको अवस्था, मुख्य कार्यक्रम तथा प्रतिफल, समन्वयमा गरिएका कार्यक्रम तथा अनुभव, आ.व २०८१/२०८१ को स्विकृत बार्षिक बजेट तथा कार्यक्रमहरु, कार्यक्रम कार्यान्वनको मोडालिटी, कार्यक्रम कार्यान्वन कार्ययोजना, समस्या तथा समन्वयका प्रयासहरु र सिकाई तथा अनुभवहरुका बारेमा जानकारी गराएका थिए ।
सोहि कार्यक्रममा पशु सेवा कार्यालयका डा.निशान्त शर्मा गेलाल र वागवानी विकास केन्द्र, पाँचखालका प्रमुख विष्णु बोगटीले आर्थिक वर्ष २०८०/२०८१ का बारेमा जानकारी गराएका थिए । सहभागिहरुले स्थानीय सरकारसँगको समन्वयमा भएका कार्यलाई अझै प्रभावकारी बनाउन पहल गर्नु पर्ने सुझाव थिए ।